जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १९:४३

साथीसँंगै रहेका एकजनाको शंकास्पद मृत्यु


भक्तपुर, २७ पुस । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ बोडे निलबाराही २ नम्बर गेट नजिक साथीको घरमा पाँंच दिनदेखिसँंगै रहेका एक जनाको बिहीबार मृत्यु भएको छ ।

ओमबहादुर खड्काको साढे तीन तल्ले घरको दोस्रो तलामा डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसखु पाखर गाउँपालिका वडा नम्बर ७ घर भई हाल बोडे बस्ने २५ वर्षीय रोमन कार्कीको डेराकोठामा बस्दै आएका सोही स्थानमा घर भएका वर्ष २६ को सुजन तामाङको मृत्यु भएको हो ।

अचेत अवस्थामा फेला परेको खबर प्राप्त हुनसाथ प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटिई गई घाइतेलाई मध्यपुर अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ प्रारम्भिक अनुसन्धान कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरेहको प्रहरीले जनाएको छ ।