झापा, २७ पुस । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन् । उनलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्