काठमाडौं, पुस २७ । एनएमबि बैंकका संचालक समितिको अध्यक्षमा मनोजकुमार गोयल चयन हुनुभएको छ ।
बैंकको २८औँ वार्षिक साधारण सभाबाट अध्यक्ष पवक गोल्यान सञ्चालक समितिबाटै बाहिरिनु भएपछि गोयल अध्यक्षमा चयन हुनुभएको हो ।साधारणसभामाट निर्वाचित बैंक सञ्चालक समितिका निर्वाचित सञ्चालकहरुको बैठकले गोयललाई अध्यक्षमा चयन गरेको हो ।
एनएमबि बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्