काठमाडौं, २८ पुस । राप्तीमा भएको बस दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख ब्यक्त गर्नुभएको छ । गए राती नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परे पछि प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गर्नुभएको हो ।
‘बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ,‘दुर्घटनामा मृत्यु हुनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उद्दार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशित गर्दछु ।’













प्रतिक्रिया दिनुहोस्