जनता टाइम्स

२८ पुष २०८०, शनिबार १५:५७

इजरायलद्दारा लेवनानस्थित हिजबुल्लाहको स्थलमा हमला


तेल अहिब, २८ पुस । इजरायली सेनाले लेबनानमा नयाँ आक्रमणको पुष्टि गरेको छ । इजरायली सेनाले शुक्रबार दक्षिणी लेबनानमा हिजबुल्लाहद्वारा संचालित आतंकवादी स्थललाई लक्षित गरी दुई नयाँ आक्रमणहरूको पुष्टि गरेको हो ।

इजरायली सेनाका प्रवक्ताले दक्षिणी लेबनानको मारवाहिनमा सैन्य हेलिकप्टरले आक्रमण गरेको बताउनुभयो । उहाँले अगाडी भन्नुभयो,‘सेनाले यारुन क्षेत्रमा सेल फायरिङ एन्टिट्याङ्क मिसाइलहरूमा तोपखाना राउन्डहरू प्रहार गरेको छ ।’