बिर्तामोड, २८ पुस । झापाको झापा गाउँपालिका–६ फुलगाछी चौकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३२ वर्षीय गुणा राजवंशीको मृत्यु भएको प्रहरीको भनाइ छ ।
शुक्रबार साँझ झापा–६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडकखण्डमा ललितपुर सातदोबाटोका दीपक शङ्कर सवार बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकलमा सवार राजवंशीलाई ठक्कर दिएको थियो ।
घाइते राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्