काठमाडौं, २८ पुस । श्री नेवाः सम्पर्क समूह रामेछापले आफ्नो संस्थाका सक्रिय तथा आजिवन सदस्य ‘राजनारायण श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा’ को आयोजना गरेको छ । सोहि संस्थाको भवनमा सम्पन्न सो श्रद्धाञ्जिली सभामा श्रेष्ठले संस्थालाई र समाजलाई पुर्याउनुभएको योगदानका वारेमा चर्चा गरिएको थियो ।
राजनारायण श्रेष्ठको जन्म २०३० पुस १४ गते भएको थियो भने २०८० पुस १० गते निधन भएको थियो । ५० बर्षको अल्पायुमा निधन हुनुभएका राजनारायण श्रेष्ठ यसै संस्थाका आजीवन सदस्य एबं पूर्व सचिव तथा हाल सल्लाहकारको भूमिकामा हनहन्थ्यो । उहाँले कुशल ब्यवस्थापक, सामाजिक अभियन्ता, असल अभिभावक, आदर्श नेताको छबी बनाउनुभएको थियो । साथै लायन्स क्लव अफ रामेछापका अध्यक्षसमेत रहनुभएका श्रेष्ठ बिभिन्न ३ दर्जन बढी संघ-संस्थामा आबद्ध रही सामाजिक कार्य गर्दै आउनुभएको थियो ।
उहाँ सचिव रहेको कार्यकालमा नै नेवा:सम्पर्क समुहको जग्गा खरिद भएको थियो भने अहिले तीनतले भवन निर्माण भईसकेको छ । सो भवनमा नेवारहरुको विभिन्न कार्यक्रमहरु गर्न, बस्नको लागि राम्रो व्यवस्था रहेको छ । उहाँ नेवार समुदाय रामेछापकै एउटा ठुलो खम्बा भएको हुनाले उहाँको मृत्युले नेवा:सम्पर्क समुहमा ठूलो क्षती पुगेको बताउँदै आयोजक टिमलगायत अन्य ब्यक्तिहरुले आज तस्बिरमा मालार्पण गरेर श्रद्धाञ्जली दिनुभएको हो ।
‘उहाँमा समाजको लागी केही गर्छु भन्ने हिम्मत थियो । आफु पछि हटेर अरूलाई अगाडि बढाउने एक असल अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनले हामी सबैको आँखा रसाएको छ । उहाँले राम्रो कामहरु र बिभिन्न संघ-संस्थाहरुलाई योगदान दिनुभएको थियो । उहाँको निधनमा पार्टी र बिभिन्न संघ-संस्थाहरुबाट उहाँले पार्टीमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पाउनु भएको थियो ।’ श्रद्धाञ्जली सभामा उपस्थित एक व्यक्तित्वले भन्नुभयो, ‘उहाँले जस्तो ठुलो सम्मान रामेछापमा कसैले पाएको थिएन र आगामी दिनमा पाउने पनि छैनन् । सम्मान पाउनलाई आफुले केही योगदान दिनै पर्छ, त्यसको मुल्यांकन निधन पछि मात्र हुने गर्दछ ।’













प्रतिक्रिया दिनुहोस्