जनता टाइम्स

२९ पुष २०८०, आईतवार १६:१०

एनएलजी इन्स्योरेन्स ५.७८ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौ, २९ पुस । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । यस कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले ५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको छ ।

आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसअनुसार बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई उक्त लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ ।