बर्दिया, २९ पुस । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी रहनुभएको छ ।
आगोले जलेर उहाँको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा उहाँको शरीरमा आगो सल्केको थियो ।
कपडाबाट आगो सल्किँदा उहाँको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्