जनता टाइम्स

१ माघ २०८०, सोमबार १३:०७

बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय आज बन्द


काठमाडौं, माघ १ । आज बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ ।

सरकारले आज माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले आज सबै सरकारी कार्यालयलगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहेको छ ।

बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार मात्र नियमित समयमा खुला हुनेछन् ।