काठमाडौं, १ माघ । माघी मेलाको भिडभाडमा च्यापिएर घाइते हुनेको संख्या १६ पुगेको छ । आज काठमाडौं–१२ टुँडिखेल मैदानमा थारू र मगर जातिहरूको माघी मेलामा भिडभाडमा मानिसहरू च्यापिएका हुन् ।
अपराह्न ४ बजे भिडभाड हुँदा घाइते भएका सबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताउनुभयो ।
भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा भीडभाड बढेको थियो। प्रहरीले यसक्रममा लाठी चार्ज गरी भीड नियन्त्रणमा लिएको थियो । भीडमा परेर एक जना प्रहरी जवान पनि घाइते भएको परिसर प्रवक्ता ढुंगेलले बताउनुभयो ।












प्रतिक्रिया दिनुहोस्