जनता टाइम्स

१ माघ २०८०, सोमबार १९:३२

थानकोटबाट तास खेल्दै गरेका सात जना पक्राउ


काठमाडौं, १ माघ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३, थानकोटस्थित खाजाघरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङका ३० वर्षीय रामकृष्ण थोकरसहित सातजना छन् ।

महाशक्ति पेट्रोल पम्पनजिक मीना मगरको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । प्रहरीका अनुसार, नगद नौ हजार ९७० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो ।