जनता टाइम्स

२ माघ २०८०, मंगलवार १४:२२

मेस्सीले तेस्रो पटक हात पारे फिफा बेस्ट अवार्ड


काठमाडौं, माघ २ । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड हात पारेका छन् ।इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन ।

यस्तै पेरिस सेन्ट जर्मनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भएका छन । ३६ वर्षीय मेस्सीले जुनमा अमेरिकी मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीमा सर्नुअघि सन् २०२३ को सुरुवात पेरिस सेन्ट जर्मेन पीएसजीबाट गरेका थिए ।

उनले पीएसजीका लागि सन् २०२३ मा नौ गोल गरे । उनले फ्रेन्च लिग वान् उपाधि जितेका थिए । पीएसजी छाडेर इन्टर मियामी गएपछि उनले अमेरिकामा लिग कप जिते । उनले इन्टर मियामीका लागि ७ खेलमा १० गोल गरेका छन ।

सन् २०१६ मा नयाँ ढाँचामा सुरु भएको यो अवार्ड मेसीले तेस्रो पटक जितेका हुन् । यसअघि उनले सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए । उनले सन् २०१६ र २०२२ मा अवार्डको यो ढाँचा सुरु गरेपछि तेस्रो पटक उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका थिए ।

यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा पुरुष प्रशिक्षकको अवार्ड जितेका छन् । सिटीका इडर्सनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर अवार्ड जितेका थिए । सिटीले २०२२–२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो ।