काठमाडौं, माघ २ । माल्टामा आकर्षक रोजगारीमा पठाई दिनेभन्दै ४३ लाख रुपैयाँ उठाएर फरार भएको आरोपमा एक युवती पक्राउ परेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाल्पाको बन्गासकाली १ स्थायी घर भई हाल काठमाडौको स्वयम्भु बस्दै आएकी ३० वर्षीया मायादेवी रानालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार रानाले मासिक एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक हुने भन्दै जान ८ लाख रुपैयाँ लाग्ने भनेर पैसा उठाएकी थिइन्।
पक्राउपछि रानालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ।













प्रतिक्रिया दिनुहोस्