जनता टाइम्स

३ माघ २०८०, बुधबार १३:०८

काठमाडौंमा दुईजनाको शव फेला


काठमाडौं, ३ माघ । काठमाडौंमा दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ ।

ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–८ ओम चोक सैलुङगेश्वरी गेष्ट हाउसनजिक बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।