काठमाडौं, ३ माघ । नेकपा एमाले काठमाडौंले राजधानीमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ । एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ माघ २० गते काठमाडौंमा युवा महोत्सव आयोजना गर्न लागेको हो । युवालाई पार्टीसँग जोड्न सो महोत्सव आयोजना हुन लागेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो ।
युवालाई परिचालित गरेर युवालाई पार्टी प्रति ध्यानाकर्षण गराउन सो महोत्सव फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा युवालाई मोटिभेसन गर्ने खालका स्पिचहरु राखिने उहाँले बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सो महोत्सवमा मोटिभेसनल विचार राख्ने उनले जानकारी दिनुभयो । महोत्सवमा युवालाई विभिन्न प्राविधिक विषयमा समेत जानकारी दिइने उहाँले बताउनुभयो । संसदीय अभ्यास कसरी सञ्चालन हुन्छ भन्ने विषयमा समेत युवालाई महोत्सवमा जानकारी दिने कार्यक्रम रहेको उहाँले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्