सिरहा, ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनको लागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ । नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।
पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राहीहरु खुशी भएका छ्न् । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेपछि स्थानीय सेवाग्राहीहरु खुशी भएका हुन् । मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले आज पहिलो दिन मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गरेको छ ।
राहदानी हस्तान्तरण गर्दै नगरप्रमुख यादवले पालिकाका जनताले राहदानी लिनकै लागि जिल्ला सदरमुकाम सिरहा धाइराख्ने अवस्थाको अन्त्य भएको जनाएको छ । उहाँले भन्नुभयो,‘सर्वसाधारणको बाध्यतालाई अन्त्य गर्न राहदानीका लागि बायोमेट्रिक बाहेक आवेदनलगायतका सम्पूर्ण काम नगरपालिकाबाटै हुन्छ ।’ सदरमुकाम नै जानुपर्ने बाध्यता हटाउन अन्य सेवाहरु पनि नगरपालिकामै ल्याउने प्रयत्न गरिरहेको नगरप्रमुख यादवले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्