काठमाडौं, ४ माघ । बारामा प्रहरीले दुई दिनमा ८७ लाख रुपैयाँ बराबरको पोटास मलखाद बरामद गरेको छ । कर सम्बन्धी विवरण शंकास्पद देखिएपछि प्रहरीले पोटास मलखाद बोकेका ट्रक नियन्त्रणमा लिएको हो । बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले बुधबार र बिहीबार पथलैया चोकमा १३ वटा ट्रक नियन्त्रणमा लिइएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बारा र प्रहरी चौकी पथलैयाको टोलीले ट्रकहरू नियन्त्रणमा लिएको हो । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैयामा ती ट्रक रोकेको थियो ।
ती ट्रकमा ५ हजार ४६० बोरा पोटास थियो । ती ट्रकमा एमएस किसान ट्रेडर्स नामक भारतीय कम्पनीको थियो । ती ट्रक वीरगन्ज भन्सारबाट छुटेर राजविराज, विराटनगर र विर्तामोडतिर गइरहेका थिए । नियन्त्रणमा लिइएको खाद र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भइरहेको न्यौपानेले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्