जनता टाइम्स

५ माघ २०८०, शुक्रबार ११:५८

रवि लामिछानेलाई कार्वाहीको माग गर्दै सत्तारुढ दलकै भातृ संगठनले दियो उजुरी


काठमाडौं, माघ ५ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा सांसद रबि लामिछानेलाई पक्राउ गरी कार्वाहीको माग गर्दै सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्थाले उजुरी दिएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रबिलाई कार्वाहीको मागसहित सहकारी विभागमा उजुरी दर्ता गराएको हो । ठूला सहकारीमा भएका घोटालाका विषयमा प्रदर्शनसहित नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लसहितले बिहीबार सहकारी विभाग पुगेर उजुरी दर्ता गराइएको हो ।

‘सांसद तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा सुप्रिम, सूर्यदर्शन, साहारा चितवन र बुटवलको सुप्रिम सहकारीको पैसा आफू संलग्न रहेको गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको भन्ने समाचार प्राप्त भएपश्चात उक्त सहकारीका बचतकर्तालाई बुझ्दा ठगिएको भन्ने जानकारी गराएको तथा सहकारीमा सोबारे सोध्दा अपुष्ट जानकारी आएको हुँदा उक्त सहकारीहरूमार्फत् भएको ठगी प्रकरण सम्बन्धमा यथार्थ बाहिर ल्याउन र दोषी भाग्न नपाउन भनि हामी माग गर्दछौं,’ मल्लले हस्ताक्षर गरी सहकारी विभागमा बुझाएको उजुरीमा भनिएको छ ।