काठमाडौं, ५ माघ । बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको पन्ध्र वर्ष पुरानो घटनामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका–३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेका छन् ।
रोशी गाउँपालिका–३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुबै जनकबहादुरका भतिजा नाता पर्ने व्यक्ति हुन् । २०६५ साल असोज २९ गते जनकबहादुरको हत्या भएको थियो । हत्यापछि फरार रहेका दुबैलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला अदालत काठमाडौंमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्