जनता टाइम्स

५ माघ २०८०, शुक्रबार १४:४५

भरुवा बन्दुकसहित ६ जना पक्राउ


बागलुङ, ५ माघ । जैमिनी नगरपालिका–८ गाईधुने हुनेहवा सामुदायिक वनको समाखरी भन्ने स्थानबाट १ थान भरूवा बन्दुकसहित सोही नगरपालिका–८ बस्ने बाँके राप्ती सुनारी गाउँपालिका–१ घर भएका ३२ वर्षीय बिष्णु कुमाल समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा भरूवा बन्दुक पडकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।