जनता टाइम्स

५ माघ २०८०, शुक्रबार १९:०७

रुख काट्ने क्रममा गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु


गोरखा, ५ माघ । गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ गाँइखुरका ४८ बर्षिय अनन्त परियारको रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

परियारलाई आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा करेन्ट लागेको थियो ।

रुखले हाइटेन्सन लाइनमा छोएपछि उहाँ लडेर गम्भीर घाइते हुनुभएको थियो । परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १ः४० बजे मृत्यु भएको हो । परियारको दमौली अस्पतालमा पोस्टमार्ट पछि आज मात्र शव आफन्तलाई बुझाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।