जनता टाइम्स

८ माघ २०८०, सोमबार १२:१६

अनेरास्वबियुको कर्णाली प्रदेश अध्यक्षमा ओली, यी हुन पदाधिकारी


दैलेख, माघ ८ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेशको अध्यक्षमा राजेश ओली सर्वसम्मत चयन हुनुभएको छ ।

आज सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत रुपमा ओलीको नेतृत्वमा ४१ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा विवश भारती, मनसुन दाहाल र सञ्जय योगी निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा धर्म शाही सर्वसम्मत हुनुभएको छ ।

अधिवेशनबाट सहसचिवमा क्रमशः प्रतिभा शाही, प्रकाश मल्ल र रोशन शाही निर्वाचित हुनुभएको छ भने कोषाध्यक्ष जगतजंग शाही निर्वाचित हुनुभएको छ ।