जनता टाइम्स

८ माघ २०८०, सोमबार १३:२६

सुनचाँदीको भाउ स्थिर


काठमाडौं, ८ माघ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ रहेको छ । यसअघि आइतबार पनि सुनको भाउ सोहीमूल्यमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको छ । आइतबार पनि सुन–चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।