जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १७:२४

एनआरएनएको अमेरिकाज क्षेत्रीय उपसंयोजकमा अभिमन्यू बस्नेतको उम्मेद्वारी घोषणा


क्यानडा, असोज ४ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को आगामी २०१९–२०२१ कार्यकालमा अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजकमा क्यानडाबाट अभिमन्यू बस्नेतले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

हाल आईसिसि सदस्य रहनुभएका बस्नेतले गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नवौ बिश्व सम्मेलनमा अमेरिकाज क्षेत्रीय उपसंयोजकमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । सामाजिक काममा निकै सक्रिय बस्नेत यसअघि एनआरएनए राष्ट्रिय समन्वय परिषद क्यानेडाबाट नेतृत्व गरिसक्नुभएको छ । बस्नेत संघको स्थापना कालदेखि नै यसको गतिविधिमा सक्रिय रूपमा लागिपरेको व्यक्ति हुनुहुन्छ ।

बस्नेतले भुकम्पको राहत, बाढीपहिरो पीडितलाई राहत होस वा एनआएनएले लार्पाकमा बनाउदै गरेको लार्पाक वस्ती होस, सवैतिर श्रमदान गर्नुभएको छ । एनआरएनएलाई सबै बिचार, जात, बर्ग, समुदाय सहितको समाबेशी निर्माण गर्दै देशलाई आर्थिक उन्नति र समृद्धितर्फ लैजाने प्रमुख उदेश्यलाई कार्यान्वयन गराउन आफू उम्मेद्वारी दिन लागेको बस्नेतको जनताटाइम्सलाई बताउनु भयो ।

अमेरिकाज क्षेत्रमा आसिसि नेतृत्व जसरी पनि एनआरएनए नेतृत्वमा ल्याउन लागि परिरहेको पनि उहाँको भनाई छ । सिंगो अमेरिकाज क्षेत्रमा समस्यालाई लड्ने एनआएनए सबल नेतृत्व ल्याउन लागि पर्ने उहाँले बताउनु भयो । बस्नेतले केही दिनभित्र नै आफ्नो घोषणापत्रका साथ अमेरिकाज् क्षेत्रमा सबै एनएनएनए माझ जाने जानकारी दिनुभयो ।