जनता टाइम्स

१० माघ २०८०, बुधबार ०९:४९

घुससहित पक्राउ परे नापीका सर्वेक्षक र लेखापढी ब्यवसायी


ललितपुर, माघ १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको टोलीले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार घुससहित पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो ।