काठमाडौं, १० माघ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर छ भने चाँदीको मूल्य भने बढेको छ । सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।













प्रतिक्रिया दिनुहोस्