जनता टाइम्स

१० माघ २०८०, बुधबार १९:२०

ब्रिसबेन हीटले जित्यो बिग बास लिगको उपाधि


काठमाडौं, १० माघ । ब्रिसबेन हीटले यस बर्षको अस्ट्रेलियाको बिग बास लिग जितेको छ । आज सम्पन्न फाइनल खेलमा ब्रिसबेनले सिड्नी सिक्सर्सलाई ५४ रनले पराजित गर्दै ब्रिसबेनले दोस्रो पटक बिग बास लिग जितेको हो । ब्रिसबेनले दिएको १६७ रनको लक्ष्य पछाएको सिड्नीले १७.३ ओभरमा अलआउट हुँदै ११२ रन मात्र बनाएको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १६६ तन बनाएको थियो । ब्रिसबेनले योसहित दुई पटक बिग बास लिगको उपाधि जितेको छ । यसअघि २०१२ मा ब्रिसबेनले बिग बास लिग जितेको थियो ।

अहिलेसम्म पार्थ स्कोर्चर्सले सबैभन्दा बढी ५ पटक बिग बास लिगको उपाधि जितेको छ भने यस सिजनमा उपविजेता बनेको सिड्नी सिक्सर्सले यस अघि ३ पटक यो उपाधि जितेको छ । त्यस्तै मेलबर्न रेनेगेडस, एडिलेड स्ट्राइकर्स र सिड्नी थण्डर्सले यो उपाधि एक एक पटक जितेका छन् । त्यसैगरी मेलवर्न स्टार्स र होबर्ट हुरिक्यान्सले भने अहिलेसम्म बिग बास लिग जित्न सकेका छैनन् ।