जनता टाइम्स

११ माघ २०८०, बिहीबार १७:३६

कोशीमा मत गन्दा सिटौला भन्दा पौडेल अगाडि


विराटनगर, ११ माघ । कोशीमा राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभाको मत गन्दा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले भन्दा राप्रपा उम्मेदवार उद्धव पौडेलले बढी मत पाउनुभएको छ ।

९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा काङ्ग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४५ मत पाउनुभएको छ भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाउनुभएको छ ।

प्रदेशसभा तर्फ महिलामा एमालेकी रुक्मिणी कोइरालाले ४९ र माओवादीकी चम्पा कार्कीले ४४ मत पाउनुभएको थियो । महिलातर्फ मतगणना सकिएको छ र एमाले उम्मेदवार कोइराला निर्वाचित भइसक्नुभएको छ ।

राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद हुनुहुन्छ । सत्ता गठबन्धनमा भने ४७ सांसद हुनुहुन्छ।