काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका १९ सिटका लागि भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका केन्द्रमा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको र ९९.३२ प्रतिशत मत खसेको हो ।
कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एक सय प्रतिशत र सुदूरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
उहाँले सबै प्रदेशमा रहेका २०४६ मतदातामध्ये २०३२ जनाले मतदान गरेको जानकारी दिनुभयो । १९ सिटका लागि भएको निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । जसमध्ये सत्ता गठबन्धनका १८ उम्मेदवार र एमालेकी एक उम्मेदवार विजयी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्