जनता टाइम्स

१२ माघ २०८०, शुक्रबार १९:०५

घुस लिएको आरोपमा मालपोत अधिकृत भ्रष्टाचारी ठहर


काठमाडौं, १२ माघ । विशेष अदालत काठमाडौंले सेवाग्राहीसँग घुस लिएको भन्दै ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई भ्रष्टाचारी ठहर गरेको छ । आज विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो ।

घुस लिँदालिँदै पक्राउ परेकी महतलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । जग्गा नामसारी गरिदिए बापत उनले घुस लिँदा फुङ्लिङको एक घरबाट रंगेहात पक्राउ परेकी थिइन् । विशेषले त्यही मुद्दामा प्रतिवादी बनाएको भनावना महतलाई भने सफाइ दिएको छ ।