भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी महत राष्ट्रपतिबाट विभूषण पाएको १० दिनमै घुससहित पक्राउ परेकी थिइन
काठमाडौं, माघ १३ । राष्ट्रपति रामचन्द्र पौडेलबाट बिभुषित कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ जेल सजयामा परेकी छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिशमा राष्ट्रपति पौडेलबाट बिभुषित भएकी मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख अधिकृत लेखा पनेरु महत दोषी ठहर भएकी हुन । उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी अदालतले सजाय सुनाइएको छ ।
विशेष अदालतले शुक्रवार पनेरुलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना हुने सजाय तोकेको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख महतलाई एक लाख ५० हजार रुपैयाँसहित २०७९ बैशाख ११ गते नियन्त्रणमा लिएको थियो ।
मालपोत प्रमुख रहेकी महतले जग्गा दाखिल गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम लिएको भेटिएको थियो । फक्ताङलुङ गाउँपालिका ७ की एक सेवाग्राहीसँग महतले घुस मागिरहेको उजुरी अख्तियारमा परेको थियो । जसपछि अख्तियारले गत वर्षको असार गते मुद्दा चलाएकोमा ठहर हुने फैसला भएको हो ।
महतले पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र राष्ट्रपतिबाट विभूषण पाएकी थिइन । उनलाई प्रबल जनसेवाश्री चतुर्थद्वारा १ वैशाख २०७९ मा विभूषित गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा उनलाई विभूषण प्रदान गरिएको हो ।
बिशेष अदालतले यस मुद्दामा सरकारी साक्षी रहे पनि प्रतिकूल बकपत्र गर्ने भावना महतलाई भने सफाई दिएको छ । लेखालाई दोषी ठहर गरेको इजलासले नै भावनालाई सफाई दिएको हो । यी दुवै मुद्दा लगाउमा राखी सुनुवाई भइरहेका थिए।
लेखाले घुसवापत लिएको रकम भावनालाई राख्न दिएकी थिइन् । उनले यहि कुरा अख्तियारलाई बताइकी थिइन् । जसकारण अख्तियारले उनलाई मतियारको रुपमा मुद्दा नचलाई सरकारी साक्षीका रुपमा पेस गरी सजाय छुट दिएको थियो।













प्रतिक्रिया दिनुहोस्