हेटौंडा, मघ १३ । मकवानपुरको भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथी र सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महेश बर्तौलालाई बिशेष अतिथी बनाएर बनाएर भीमफेदी गाउँपालिकाले यो योजना सुभारम्भ गरेको हो । यो कामसँगै सामाजिक सुरक्षा योजना अघि बढाउनेमा भीमफेदी स्याङ्जाको फेदिखोला गाउँपालिकापछि देशभरि नै दोस्रो बनेको छ ।
भीफफेदीमा आयोजना भएको कार्यक्रममा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सामजिक सुरक्षा योजनाको शुभारम्भ गर्नुभयो । योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पन्जिकृत ९८ जना सहभागी रहेका छ्न । सामजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम बेतन १० हजार ८ सय २० तोकेको छ । त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले ९.३७ प्रतिशत जम्मा गर्नेछ ।
सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैयाँको मालिक रुपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिनेछ । यो कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।
सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने स्याङ्जाको फेदिखोला गाउँपालिका पहिलो रहेको थियो । सो गाउँपालिकाले मंसिरबाट श्रमिकको पैसा जम्मा गर्न थालेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । भिमफेदी गाउँपालिकाले यो योजनालाई सफल बनाउन चालू आर्थिक वर्षमा १३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकको कारण विकासको हरेक क्षेत्रको काम नियमित हुने गरेको भन्दै अध्यक्ष लामाले उनीहरुको सामजिक सुरक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएको कारण आफुहरुले योजनाको सुरुवात गरेको बताउनु भयो ।
सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि अबदेखि आफूहरु ढुक्क भएर काम गर्ने वातावरण बनेको भन्दै मजदुरहरु खुसी बनेका छन । कार्यक्रममा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महेश बर्ताैलासमेत सहभागी हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्