जनता टाइम्स

१३ माघ २०८०, शनिबार १७:१३

देशको पहिचान नै गुमाएर देशलाई विभाजनको खाडलतिर लैजाने काम भयो : पूर्वराजा ज्ञानेन्द्र


बिरगञ्ज, १३ वीरगंज । वीरगंजमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ ।

नागरिक अभिनन्दनपछिको सम्बोधनमा पूर्व राजा शाहले मधेशको मरुभूमिकरण, युवा शक्ति विदेश पलायनबारे चिन्तित हुँदै भन्नुभयो,‘अन्नको भण्डार भनिने, तराईं मधेशको समथर उब्जाउ फाँट हाम्रो गौरवशाली इतिहास थियो । उ

द्यम, इलम, बजार र व्यवसायको आधार तराईको छुट्टै पहिचान, पौरख र प्रतिष्ठा बनेको थियो तर दुई तीन दशक यता मधेश उजाड बन्दै गइरहेको छ, यहाँका पोखरी, पानीको स्रोत, जलसतह कमजोर भइरहेको छ र मरुभूमिकरण भइरहेको छ, यो गम्भीर चिन्ताको विषय हो ।’

उहाँले राजपरिवार हत्याकाण्डमा आफ्नो परिवारलाई जोडेर भ्रमको बादल बिच्छाउने काम भएको सम्झिनुभयो । उहाँले भन्नुभयो,‘राज्यव्यवस्था, राजनीति, अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सुधार, उपकार, विकास, निकासको बाटोमा सबै लाग्नु पर्छ, यसैमा हामी सबैको कल्याण छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले मौलिकता, अस्तित्व पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लैजाने काम भएको बताउनुभएको छ । उहाँले आफूले सत्ता छाड्दा बताएको सनातनदेखि कायम रहेको सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुने विचारमा आफ्नो अडान कायमै रहेको बताउनुभयो ।