पटना, १४ माघ । बिहारमा फेरि नितिश कुमारको नेतृत्वमा नयाँ सरकार बन्न लागेको छ । नितिश कुमारले आइतबार साँझ ५ बजे सपथ लिनेछन् । नितिश कुमारसँगै भाजपा–जेडीयू र ‘हम’ पार्टीका ८ जना विधायकले मन्त्रीको सपथ लिनेछन्।
भाजपाबाट सम्राट र विजय सिन्हा बन्न सक्छन् उपमुख्यमन्त्री !
नितिश कुमारले आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बिहारमा गठबन्धन सरकार ढलेको छ । यसपछि नयाँ सरकार गठनको बाटो खुलेको छ । अब बिहारमा नितिश कुमारको नेतृत्वमा फेरि एनडीए सरकार बन्नेछ। नितिश कुमार नवौं पटक बिहारको मुख्यमन्त्री बन्ने भएका छन् भने भाजपाबाट दुई उपमुख्यमन्त्री बन्नेछन्। यहाँ भाजपा व्यवस्थापिका दलको बैठकमा व्यवस्थापिका दलका नेता सम्राट चौधरी र उपनेता विजयकुमार सिन्हालाई नियुक्त गरेपछि भाजपाको कोटाबाट सम्राट र विजय सिन्हालाई उपमुख्यमन्त्री बनाउने निर्णय भएको छ । यस सम्बन्धमा उनले अहिले मुख्यमन्त्री निवास जाँदैछु, त्यसपछि केही बोल्ने बताए ।
बिहारका जनताले नितिशलाई कहिल्यै माफ गर्दैनन् : कांग्रेस
नितिश कुमारले आइतवार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसले उनलाई ‘छेपारो’ सँग तुलना गरेका छन् । उनले भने कि राज्यका जनताले उनलाई यो ‘विश्वासघात’ को लागि कहिल्यै माफ गर्ने छैनन् । बिहारका मुख्यमन्त्री नितिश कुमारले आइतबार बिहान राज्यपाल राजेन्द्र वी अर्लेकरलाई राजीनामा बुझाएका छन् । उनले राज्यमा भएको ‘महागठबन्धन’बाट अलग्गिएको जनाएका छन् । नितिश कुमारको यो कदमले ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन’ (भारत) लाई पनि ठूलो धक्का लागेको छ।
कांग्रेस नेता जयराम रमेशले नीतीश कुमारको यो कदमको आलोचना गर्दै भने कि यो ‘राजनीतिक नाटक’, भारत जोडो न्याय यात्राु बाट ध्यान हटाउनको लागि गरिएको स्पष्ट छ। उनले भने कि यो स्पष्ट छ कि प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) राहुल गान्धीको बिहार भ्रमणबाट ‘नर्भस’ छन् । रमेशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनको छेपारो प्रवृतिलाई कसैले माफ गर्ने छैनन् । रमेशले भने, ‘भारत जोडो न्याय यात्राबाट प्रधानमन्त्री र भाजपा डराएको र यसबाट ध्यान हटाउन यो राजनीतिक नाटक रचिएको स्पष्ट छ ।’













प्रतिक्रिया दिनुहोस्