जनता टाइम्स

१४ माघ २०८०, आईतवार १५:०२

निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल


काठमाडौं, १४ माघ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताउनुभएको छ ।

आजबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले २०७९ सालको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल भए पनि राजनीतिक अस्थिरता अन्त्य हुन भने नसकेको बताउनुभएको हो ।

निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता कायमै रहेको बताउँदै उहाँले देशको राजनीतिमा अस्थिरताका बादल मडारिरहेको बताउनुभयो । देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको एमालेले सत्ता गठबन्धन तोड्न अनेक उपाय लगाइरहेको उहाँको आरोप छ ।