काठमाडौं, १४ माघ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका –१ स्थित डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ । डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस–९ मा पर्छ । भूगोलको हिसाबले खोलापारी रहेको भूभाग काठमाडौं हो । काठमाडौंको भूभाग बिचमा रहेको झण्डै ४० घरदुरी रहेको डाडाँगाउँ मात्रै नुवाकोट हो ।
लामो समयदेखि नुवाकोटबाट बिजुली पु¥याए पनि भूभागका हिसाबले समस्या हुँदै आएको थियो । ४० घरधुरीलाई नुवाकोटबाट थ्रि फेज लाईन पु¥याउन मुस्किल भईरहेको थियो । घरायसी प्रयोजनको लागि लाईन तानेर डाडाँगाउँ पु¥याए पनि लोड पर्ने खालको लागि बत्ति नपुगेपछि डाडाँगाउँले हरेक निर्वाचनमा यसलाई मूख्य विषय बनाउँदै आएका थिए ।

गएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नुवाकोट क्षेत्र नं. १ प्रदेश सभा २ बाट उम्मेद्वार रहेका पूर्णलाल श्रेष्ठले आफ्नो पहलमा डाडाँगाउँमा काठमाडौंको बिजुली पु¥याउनु भएको हो । गाउँका केही व्यक्तिहरुसँग निरन्तर छलफल गरी नेता श्रेष्ठ आफै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भई निवेदन दिएपछि लगातारको अन्तरसंवाद र ताकेता पछि डाडाँगाउँमा पोलको काम शुरु भएको थियो ।
विद्युत प्राधिकरणले डाडाँगाउँको लागि छु«ट्टै ट्रान्सफरमर जडान गरेको छ । अहिले डाडाँगाउँबासीको घर–घरमा काठमाडौंको बिजुली बल्न थालेको छ । गाउँका काठमाडौंको ३ फेज लाईन सहितको बिजुली आईपुगेपछि स्थानीयले नेकपा एमालेका बागती प्रदेश कमिटी सदस्य पूर्णलाल श्रेष्ठलाई गाउँमै बोलाएर धन्यवाद ज्ञापन गरेका थिए ।
यहि क्रममा श्रेष्ठले आफुले गठबन्धनका कारण निर्वाचनमा हार व्यहोर्नु परे पनि निरन्तर जनताको साथमा रहेर काम गरिरहेको बताउनुभयो । यस अघि ककनी ४ मा रहेको विद्यालयमा जापानी संस्थाको सहकार्यमा विभिन्न कक्षाहरु संचालन समेत आफ्नै पहलमा गरेको श्रेष्ठले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्