काठमाडौं, १४ माघ । वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको महाराजगन्ज बस्ने वर्ष ५३ को पृथ्वीराज सिग्देल रहेका छन् ।
मनिराम तिमल्सिना समेतलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ, मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डको काम लगाइदिन्छु, मासिक १ लाख ८० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारि उनले ठगी गरेको पाइएको प्रहरीको भनाई छ ।
पीडितहरूबाट पटक–पटक गरी २ लाख ७० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका सिग्देललाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १२ गते दरबारमार्गबाट पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।













प्रतिक्रिया दिनुहोस्