काठमाडौँ, १५ माघ । ललितपुरको मंगलबजारस्थित नकिबहालमा विदेशी महिला मृत फेला पर्नुभएको छ । जर्मन घर भएकी एकजना महिला मृत अवस्थामा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘म पनि घटनास्थलमा जाँदै छु ।’
नकिबहाल स्थित होमस्टेमा बस्ने विदेशी नागरिक आफ्नै कोठामा मृत भेटिनुभएको हो । अनुसन्धान अधिकृतहरूको टिम घटनास्थलमा पुगेका छन् । मृतकको सनाखत भैसकेको छैन । उहाँ १ वर्षदेखि त्यही बस्दै आउनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्