काठमाडौ, १६ माघ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो । यसअघि सोमबार पनि प्रतितोला ३०० रूपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।













प्रतिक्रिया दिनुहोस्