जनता टाइम्स

१६ माघ २०८०, मंगलवार १७:३६

बालुवाटारमा गठबन्धन दलको बैठक जारी


काठमाडौं, १६ माघ । सत्तारुढ गठबन्धन दलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै गठबन्धन दलको बैठक सुरु भएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलको बैठक आह्वान गर्नुभएको हो ।

सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरुले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेवार रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले निर्वाचन हार्नुभएको थियो । कांग्रेसका जनप्रतिनिधिहरुले कार्कीलाई हराएको भन्दै माओवादी नेताहरुले गठबन्धन दलभित्र गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै आउनुभएको छ ।