जनता टाइम्स

१६ माघ २०८०, मंगलवार १८:०५

सांसदको टोली भारत भ्रमणमा


काठमाडौं, १६ माघ । संघीय संसदको एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरु आज भारत प्रस्थान गर्नुभएको हो । भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा आज उहाँहरु भारत जानुभएको हो ।

भारत भ्रमणमा जानेहरुमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहनुभएको छ । सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।