जनता टाइम्स

१६ माघ २०८०, मंगलवार १८:११

चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा


पोखरा, १६ माघ । विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा चर्च ब्वाइज पुलिसलाई १–० गोल अन्तरले हराएको हो । पोखरा रंगशलामा भएको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन समिर तामाङले गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको चर्च ब्वाइजले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो ।

समिरले खेलको ७३ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । योसँगै ६ पटकको उपाधि विजेता टोली आहा रारा गोल्डकपबाट बाहिरिएको छ ।