जनता टाइम्स

१७ माघ २०८०, बुधबार १४:५३

अध्यक्ष केपी ओलीद्वारा गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन


सिन्धुपाल्चोक, १७ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नुभएको छ ।

बुधबार अध्यक्ष ओलीले ११ करोड ९४ लाख लागतमा गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचानसहित निर्माण भएकोे प्रशासकीय भवनको उद्घाटन गर्नुभएको हो ।

उहाँले पाँचपोखरी महादेवको समेत दर्शन गर्नुभएको थियो ।