जनता टाइम्स

१८ माघ २०८०, बिहीबार १२:५४

सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, १८ माघ । नेपाली बजारमा लगातार आज चौथो दिन पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । गत सोमबारदेखि सुनको मूल्य बढीरहँदा आज पनि सुनको भाउमा बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार १५० रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो ।