जनता टाइम्स

१८ माघ २०८०, बिहिबार १३:०९

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त


काठमाडौं, १८ माघ । नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

उहाँ वायुसेवा निगमकै सञ्चालक समिति सदस्य हो ।