जनता टाइम्स

१८ माघ २०८०, बिहीबार १५:३९

सौर्य सिमेन्टको कन्ट्रयाक्टर मिट सम्पन्न


काठमाडौं, १८ माघ । सौर्य सिमेन्ट ई‍. लिमिटेड एवम् स्काई होल्डिङ बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा सौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परीक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवं सौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यावसायिक उत्तरदायित्वका कार्यबारे जानकारी गरिएको थियो ।

कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतद्वारा भक्तपुरका बासिन्दालाई सुपथ मूल्यका साथै सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको छ । कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरुद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीद्वारा राखिएको थियो ।

कार्यक्रमको सभापतित्व स्काई होल्डिङ ग्रुपका सल्लाहकार युवक राजभण्डारीले गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास पूर्वमन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल, सौर्य सिमेन्टका ब्रान्ड प्रवन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायत, प्राविधिक प्रमुख दिवस देवकोटा एवम् भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्र्याक्टरहरूको उपस्थिति थियो ।