काठमाडौं, १८ माघ । दरबार हत्याकाण्ड बारेको सूचना नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई अझ बढी भएको बताउनु भएको छ । नेता नेपालले दरबार हत्याकाण्डका विषयमा प्रधानमन्त्री प्रचण्डले नबुझी बालेकोमा असन्तुष्टी जनाउदैं सो कुरा बताउनु भएको हो ।
उहाँले त्यो हत्या काण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले उहाँलाई केही बढी जानकारी भएको हुनसक्ने भन्दै बताउनुभएको हो ।
‘ओलीजी अलि पछि गृहमन्त्री भई प्रधानमन्त्री पनि भएकाले उहाँले धेरै सूचना पाउनुभएको छ कि उहाँलाई सोध्नुपर्ला’, उहाँको भनाइ थियो ।
उहाँले आयोग बनाउन आफ्नो भूमिका रहेको पनि बताउनुभयो । ‘त्यो बेला तत्कालीन राजा ज्ञानेन्द्र मानिरहेका थिएनन्। उनी राजा त भइसकेका थिएनन्, उनले भनिरहेका थिए। म आफैँ गर्छु छानबिन भनेका थिए। तपाईँको छानबिन कोही मान्नेवाला छैनन् भन्ने मान्छे मै हुँ। छानबिन आयोग बनाउन त बनाए, मलाई पनि जोडिदिए। राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ। सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन गर्यो। कति सबै ल्याउन सक्यो। सकेन आफ्नो ठाउँमा छ। अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो। यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो। हामीसँग पनि सल्लाह भएको छैन। मैसँग पनि सोधे त हुन्थ्यो नि। कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो। के गर्ने माधव बाबु भन्नु हुन्थ्यो। हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ।’













प्रतिक्रिया दिनुहोस्