काठमाडौं, १९ माघ । सर्वोच्च अदालतले नेपाल–भारत विद्युत् व्यापार सम्झौताविरुद्धको रिटमा एमिकस क्युरी बनाउने निर्णय गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायद्वारा दायर रिटमा सर्वोच्चका न्यायाधीश नहकुर सुवेदीको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग एकरएकजना एमिकस क्युरीमा पठाउन आदेश गरेको हो ।
नेपालको संविधान र प्राकृतिक स्रोत बाँडफाँटसम्बन्धी व्यवस्था विपरीत परेको रिटमा अन्तरिम आदेश माग गरिएकोमा आगामी माघ २३ गतेको पेसी इजलासबाटै तोकिएको छ । २३ गतेको पेसीमा नेपाल–भारतबीचको विद्युत् व्यापारसम्बन्धी सम्झौताका सक्कल कपी लिएर आउन पनि आदेश गरेको छ ।













प्रतिक्रिया दिनुहोस्