जनता टाइम्स

२१ माघ २०८०, आईतवार १४:०१

सुनचाँदीको भाउ घट्यो


काठमाडौ, २१ माघ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । लगातार ५ दिन बढेको सुनको भाउ आज ६०० रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबारदेखि शुक्रबार सम्म सुनको भाउ बढेको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो ।